Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भोजपुरमा भव्य सम्मानसहित घन्कियो 'मादलको खरी'

भोजपुरमा भव्य सम्मानसहित घन्कियो 'मादलको खरी'

दैनिकी न्यूज

४, माघ २०७७
भोजपुरमा भव्य सम्मानसहित घन्कियो 'मादलको खरी'
images

भोजपुर । हाल रमाइलो टिभीबाट प्रसारण भै सामाजिक  बिसङ्गति बिरुद्द आवाज उठाउँदै आएको टेलिफिल्म 'मादलको खरी'ले गाउँ सहरमा चर्चा पाएसँगै भोजपुरमा भव्य सम्मान पाएको छ । भोजपुरको अरुण गाउँपाकिका ७ सिक्रेटारमा आयोजित विशेष सम्मान एवं सांस्कृतिक कार्यक्रममा लेखक/निर्देशक किशोर अनुराग सहित कलाकर ईश्वर बल्लभ उप्रेती, रोजी कुँवर, सुरत विष्ट, भीष्म आचार्य, दिनेश खड्का, रीता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष केसी, आइसा राइ सहित अन्य कलाकर र प्राविधिकतर्फ छायांकार/ निर्माता आनन्द प्रभाकर घिमिरे सहितको टोलीलाई सम्मानपत्रले सम्मान गरिएको थियो । साथै उनीहरुलाई अबिर र स्थानीय बालन नाचले स्वागत गरिएको थियो। जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माविमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मञ्चन गरिएको थियो । कलाकार ईश्वर बल्लभ र रोजी कुँवरको युगल नृत्य, सुरत विष्टको क्यारिकेचर र सारङ्गी प्रस्तुति र स्थानीय कलाकारले आफ्नो कला प्रस्तुत गर्दा दर्शकले निकै मनोरञ्जन लिए । भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरी स्थानीय कलाकार र संस्कृतिलाइ सो टेलिफिल्ममा समेट्दा भोजपुरको भौगोलिक र सांस्कृतिक गरिमा बढेको सिक्रेटारका वडाअध्यक्ष डिल्लीराम अधिकारिले बताए । भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई 'मादलको खरी'ले  झन धेरै टेवा पुर्‍याएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले बताइन ।

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - १९:५४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology