Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घटस्थापनादेखी खुल्ने भए देशभरका हल, कुन लाग्छ पहिलो फिल्म

घटस्थापनादेखी खुल्ने भए देशभरका हल, कुन लाग्छ पहिलो फिल्म

दैनिकी न्यूज

११, आश्विन २०७८
घटस्थापनादेखी खुल्ने भए देशभरका हल, कुन लाग्छ पहिलो फिल्म
images

काठमाडौं । आगामी घटस्थापना (असोज २१)देखि देशभरका हलहरु खुल्ने भएका छन् । निकै लामो समयपछि खुल्न लागेको हलमा पहिलो फिल्म भने अंग्रेजी लाग्नेछ । चलचित्र संघका महासचिव अशोक शर्माले दिएको जानकारी अनुसार 'फास्ट एण्ड फ्युरियस ९' प्रदर्शन गर्दै देशभरका हल खुल्नेछन् । उनले अहिलेसम्म नेपाली फिल्महरुको प्रदर्शन टुंगो नलागेको बताए । सोभित बस्नेतको 'डाँडाको वर पिपल' फिल्म भने फूलपातीको दिनदेखी प्रदर्शनमा आउने शर्माले जानकारी दिए । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने शर्माको भनाइ छ । अबदेखि एउटै मितिमा हलमा दुई नेपाली फिल्म चलाउन पाइने छैन । निर्माता जोगाउनका लागि आफूहरुले हल खुलेको तीन महिनासम्म यो नियम लागू गर्नेसमेत शर्माले बताए । 'अंग्रेजी र हिन्दी फिल्ममा त्यो नियम लागू हुन्न,' शर्माले भने, ' तर नेपाली फिल्महरु एउटै मितिमा प्रदर्शन गर्न पाइने छैन । कम्तिमा २ हप्तासम्म एउटा नेपाली फिल्मलाई  समय दिइनेछ । त्यसपछि मात्र अर्को फिल्म प्रदर्शनमा ल्याउन सकिन्छ ।' यसअघि उपत्यकाभित्रको हलहरु खोल्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको थियो । तर चलचित्र संघ नेपालभरको हल खोल्ने अनुमति नदिएको भन्दै पुन: बन्द गर्ने निर्णयमा पुगेको थियो । 

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - २२:३७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology