Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सर्जक सम्मानको लागि रारा राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरिँदै, कसरी भाग लिने ?

सर्जक सम्मानको लागि रारा राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरिँदै, कसरी भाग लिने ?

दैनिकी न्यूज

२०, श्रावण २०७९
सर्जक सम्मानको लागि रारा राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरिँदै, कसरी भाग लिने ?
images

काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ आगामी असोजमा भव्य रुपमा आयोजना हुने भएको छ । कर्णाली कलाकार समाजले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । अवार्डका लागि साउन १५ देखि आवेदन फारम खुलेको छ। फारम भर्ने अन्तिम मिति साउन मसान्तसम्म हो ।

अवार्डका लागि विभिन्न विधाका कलाकारले सो समयभित्र फारम भरिसक्नुपर्नेछ । अवार्ड कार्यक्रम काठमाडौंमा हुनेछ । सम्मान वितरण कार्यक्रममा उपराष्ट्रपति, गृहमन्त्रीलगायको उपस्थिती रहने छ । विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका सर्जकको सम्मानका लागि उक्त अवार्ड कार्यक्रम आयोजना गर्न लागेको रारा राष्ट्रिय म्युजिक अवार्डका अध्यक्ष पदम रोकायाले बताए । उनका अनुसार भदौ दोस्रो साता नोमिनेसन हुनेछ । एसएमएस भोटिङ, निर्णायकमण्डल र आयोजकले गरेको निर्णयका आधारमा अवार्ड वितरण हुनेछ ।

कर्णाली कलाकार समाजद्वारा आयोजित रारा राष्ट्रिय म्युजिक अवार्ड निकै महत्त्वपूर्ण अवार्ड हो । यो संस्थाले लामो समयदेखि कर्णालीदेखि काठमाडौं सम्म थुप्रै महोत्सव, मेला तथा साङ्गितिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

'यो अवार्ड अग्रज कलाकारलाई सम्मान गर्नको लागि आयोजना गर्न लागिएको हो,' रोकायाले भने, 'रारा राष्ट्रिय म्युजिक अवार्ड संस्थागत भरिलो अवार्ड हो ।'

यदि काठमाडौंदेखि टाढा हुने कलाकारले आफ्नो गीतको लिंक पठाएर र इ सेवा मोबाइल बैंकिङबाट फारम शुल्क पठाउन सकिने छ । थप जानकारीमा लागि आयोजकको मोबाइल नम्बर ९८४३४४५०६९ मा सम्पर्क गर्न सकिने छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०८:४६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology