Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘गासेर प्रिति’ गीत सार्वजनिक

‘गासेर प्रिति’ गीत सार्वजनिक

दैनिकी न्यूज

२२, फाल्गुण २०८०
‘गासेर प्रिति’ गीत सार्वजनिक
images

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ ।

सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङ÷माष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ ।

यो सम्भवतः विश्वको सस्तो म्युजिक भिडियो रहेको डा. उपाध्यायले जानकारी दिए ।

डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन् ।

यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

 

भिडियो हेर्न यहाँ थिच्नुहोस् ‘गासेर प्रिति’

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - ०७:४९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology