Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीको "पैसा पैसा" गीत लोकप्रिय बन्दै

इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीको "पैसा पैसा" गीत लोकप्रिय बन्दै

दैनिकी न्यूज

१२, बैशाख २०८१
इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीको "पैसा पैसा" गीत लोकप्रिय बन्दै
images

लन्डन - 'साथीभाइ नि जोडाउने पैसाले, आफन्त नि लडाउने पैसाले, कल्ले बनायो?  पैसा भन्ने चिज कल्ले बनायो? '

चर्चित गायक तिलक बस्नेत तथा बन्धना  पाण्डेले गाएको तथा ज्ञानेन्द्र क्षेत्रीले रचना गरेको 'पैसा पैसा' भन्ने गीत र म्युजिक भिडियो अहिले निक्कै लोकप्रिय भएको छ।  गत महिना मात्रै रिलिज भएको उक्त भिडियो अहिले सम्म ७० हजार भन्दा बढी दर्शकले हेरी सकेका छन्।  

पशुपतिनाथ मन्दिर प्रांगण र टोखा क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोमा कमलमणी नेपाल, खुपिका बाउ, कृष्ण बस्नेत, सुष्मिता कुवर, बिराज बास्कोटा, एलिना रायमाझी, लीला खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। बस्नेतले नै संगीत भरेको उक्त गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् भने भिडियो निर्देशन बिशाल भण्डारीले गरेका हुन्।  

"पैसाको लागि भ्रस्टाचार तथा अनैतिक काम गर्न पनि तयार हुने र पैसाकै कारण आफ्नै घर परिवारभित्र पनि कलह, झैझगडा बढ्दै गएको देखेर मैले यो गीत लेखेको हुँ," गीतकार क्षेत्रीले भने।   जीवन चलाउन पैसा आवश्यक भए पनि  पैसाको मात्रै पछि दौडदा जीवनमा द्वन्द्व, तनाव र अशान्ति बढ्ने संदेश आफुले गीत मार्फत दिन खोजेको उनले बताए।

गएको झन्डै दुइ दशकदेखि बेलायतमा सपरिवार बसोबास गरिरहेका इन्जिनियर क्षेत्री 'ट्रान्सपोर्ट फर लन्डन' मा काम गर्छन्।  उनको नयाँ गीती एल्बम "पीर नगर निरमाया"  छिट्टै सार्वजनिक हुँदै छ।  उक्त गीतमा मेलिना राइ र तिलक बस्नेतको आवाज रहेको छ।

images
प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - ०६:५३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology