काठमाडौं । जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि बुधबार अदालतमा उपस्थित गराएको थियो ।
प्रधानमन्त्री के पी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई हिजो (मंगलबार) सिआइबीले पक्राउ गरेको थियो ।
सीआइबीले हिजै थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो ।