Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लुभुको आयुष आयुर्वेदिक औषधालयलाई एक लाख ५० हजार जरिवाना

लुभुको आयुष आयुर्वेदिक औषधालयलाई एक लाख ५० हजार जरिवाना

दैनिकी न्यूज

२२, फाल्गुण २०८१
लुभुको आयुष आयुर्वेदिक औषधालयलाई एक लाख ५० हजार जरिवाना
images

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुमा रहेको आयुष आयुर्वेदिक औषधालयलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

anu 3.jpg

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले आयुष आयुर्वेदिक औषधालयलाई मंगलबार एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

aaa.jpg

जिल्ला बजार अनुगमन ललितपुरको टोलीले उक्त औषधालयले स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी औषधीजन्य वस्तु बिक्री गरेको पाईएको हुँदा उपभोक्ता अधिकार ऐन २०७५ को दफा ३८ (ग), दफा १४ र सोही ऐन को दफा ३८ (झ) को उपदफा १८ बमोजिम कसुर गरेको हुँदा रु.१ लाख ५० हजार जरिवाना गरिएको बजार अनुगमन टोलीको संयोजक सहायक प्रजिअ घिमिरेले जानकारी दिइन ।

ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतका प्रतिनिधि थिए ।

दर्ता कागजपत्र विक्री स्थलमा नरहेको, भ्रामक सूचना सम्प्रेषण गरी औषधी विक्री गरेको, मूल्य सूचि नराखेको, औषधी व्यवस्था विभागबाट अनुज्ञा नलिएकोले कारवाही गरिएको उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका उद्योग अधिकृत संजय थापाले जानकारी गराए ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८१ बिहिवार - १९:४९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology