Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियन पदार्थको भाउ घट्यो

पेट्रोलियन पदार्थको भाउ घट्यो

दैनिकी न्यूज

२, चैत्र २०८१
पेट्रोलियन पदार्थको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ घटेको छ ।

शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको भाउ समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।

इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ शनिवार - २१:०४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology