Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गायक सिताराम घिमिरेको "बास्ना हरर" सार्वजनिक

गायक सिताराम घिमिरेको "बास्ना हरर" सार्वजनिक

दैनिकी न्यूज

७, बैशाख २०८२
गायक सिताराम घिमिरेको "बास्ना हरर" सार्वजनिक
images

ललितपुर । नेपाली लोकसंगीतको क्षेत्रमा पृथक पहिचान बनाएका गायक सिताराम घिमिरेको नयाँ गीत "बास्ना हरर" सार्वजनिक भएको छ। दाङकी चर्चित गायिका रेखा पोखरेलसँगको युगल आवाजमा प्रस्तुत यो गीतको शब्द र संगीत चर्चित सर्जक राजेन्द्र राउतले सिर्जना गरेका हुन्। गीतको रेकर्डिङ काठमाडौंस्थित मुभी माला स्टुडियोमा गरिएको हो।

"बास्ना हरर" गीतले प्रेम र वियोगबीचको न्यानो सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। सुमधुर संगीत संयोजन र भावनात्मक शब्दहरूले श्रोताहरूको मन छोने अपेक्षा गरिएको छ।

गायक घिमिरे यसअघि पनि "धजा बाँधेको", "कलेजि खाने पो रैछ", "गाउँ जाने बाटो" लगायतका चर्चित गीतहरू मार्फत लोकसंगीतमा आफ्नो अलग पहिचान स्थापित गराइसकेका छन्। उनका गीतहरूले गाउँघरको जीवन, प्रेम र समाजका विविध पाटोलाई जीवन्त रूपमा चित्रण गरेका छन्।

संगीत साधनामा समर्पित घिमिरेले "बास्ना हरर" मार्फत आफ्ना श्रोता र दर्शकमाझ पुनः नयाँ स्वाद ल्याउने प्रयास गरेका छन्। गीत युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा सार्वजनिक भइसकेको छ।

गायक सिताराम घिमिरेले आगामी दिनमा पनि श्रोताहरूमाझ लोकसंगीतका नयाँ सिर्जना ल्याइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - २०:३२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology