Logo

आइतवार, श्रावण २४ गते २०८३

images

असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सरकार र शिक्षक महासंघबीच सहमति

असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सरकार र शिक्षक महासंघबीच सहमति

दैनिकी न्यूज

१७, बैशाख २०८२
असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सरकार र शिक्षक महासंघबीच सहमति
images

काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको छ। उक्त सहमतिसहित सरकार र शिक्षक महासंघबीच ९ बुँदै सहमति भएको बुझिएको छ।

सरकार र शिक्षक महासंघबीच बुधबार अपराह्न वार्ता सुरु भएर साँझ सम्पन्न भएको हो। वार्तामा भएका सहमति बोकेर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठक गएका बताइएको छ।

वार्तामा सहभागी एक सदस्यका अनुसार मन्त्रिपरिषद् बैठकले वार्तामा भएका सहमति सार्वजनिक गर्नेछ।

सहमति अनुसार भोलि बिहीबारबाट आन्दोलनरत शिक्षक महासंघले सडक आन्दोलन छाड्ने बताइएको छ।

महासंघका प्रतिनिधिहरूले भने वार्तामा भएका सहमति मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे आन्दोलन स्थगित गर्नेबारे निर्णय हुने बताएका छन्।

विगत २९ दिनदेखि देशभरका शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा छन्।

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - २१:३१:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology