Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोदावरीमा पर्यटन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोदावरीमा पर्यटन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैनिकी न्यूज

१९, बैशाख २०८२
गोदावरीमा पर्यटन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ गोदावरीमा ‘गोदावरी पर्यटन प्रबद्र्धन कार्यक्रम’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी–३ को आयोजनामा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा टुरगानका महासचिव टंक दुवाडीले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम बिहीबारदेखि सञ्चालन भएको कार्यक्रम सञ्चालक हरि गोविन्द महर्जनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले यस्ता कार्यक्रम गर्दा आफूमा पनि थप उर्जा प्राप्त भएको बताइन् । गोदावरीमा धार्मिक पर्यटनको सम्भावना रहेकाले नगरपालिकाले चाडै धार्मिक दुत नियुक्ति गर्ने सो अवसरमा उनले बताइन् । उनले भनिन्, ‘गोदावरी नगरपालिा वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेलाई वडामा केही गर्ने हुटहुटी रहेको छ ।’ देशकै नमुना वडा वनाउने वडा अध्यक्ष घिमिरेको ध्येय रहेको बताउँदै सो सपना चाडै साकार हुने उनको जिकिर थियो । वडा अध्यक्ष घिमिरेले वडाको समग्र विकासका लागि दिनरात नभनी काम गर्नु भएको बताइन ।

god raj.jpg

गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले नेपालमा गोदावरी क्षेत्रको दर्शन गर्न आउने विदेशी पर्यटकलाई धार्मिक गन्तव्यसँग जोडेको खण्डमा यसको लाभ अरू ठाउँका पर्यटन क्षेत्रसहित सिङ्गो नेपालले नै पाउने भएकाले यस्ता प्रकारको कार्यक्रमका लागि थप लगानी र प्रचारप्रसार आवश्यक रहेकोे बताए । पर्यटकको सहजीकरणका लागि सरकारले गम्भीरताका साथ काम गर्न जरुरी रहेको उनको भनाइ थियो । पर्यटकिय क्षेत्रको प्रवद्र्धन, बिकास र प्रचारप्रसारमा सबैको सहभागीता र सहयोग अपरीहार्य रहेको उनले बताए । उनले पर्यटकीय क्षेत्रको पुर्वाधार विकाससंगै पर्यटकहरूको लागी आवश्यक पर्ने सबै प्रकारको सुबिधाको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । भौतिक विकासमा मात्र नभएर जनताको चेतनाको स्तर पनि बढाउनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले दीर्घकालिन योजना ल्याउनुपर्ने भन्दै पुर्वाधार तथा संरचना निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले विकास, सम्बृद्धी र शुसासनका लागि सहमति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।

हरिगोविन्द महर्जनले महर्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य सन्तोष कुँवरले गोदावरी क्षेत्र काठमाडौं उपत्यकाको प्रमुख जलाधार क्षेत्र मध्ये एक रहेको बताए ।

सो अवसरमा वि लभ गोदावरी लेखिएको गोदावरी वसपार्कमा राखिएको स्टेण्डमा फोटो खिचेर समाजिक सञ्चालबाट धेरै शेयर, लाइक र कमेन्ट आएकार स्मृति तामाङ, जेसिका नेपाली, शोभा केसीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै होमस्ेट सञ्चालक रुपा लामा र गोदावरी सेरोफेरोका सञ्चालक देव नगरकोटीलाई सम्मान गरिएको थियो ।

गोदावरी क्षेत्र बोटानिकल गार्डेन, पुष्प विकास, मार्वल डाडा, माछा पालन, सभाहल, फुलचौकी, नौधारा लगायतका पर्यटकीय क्षेत्र रहेको छ भने विश्वकै दुर्लभ पंक्षी काडे भ्याकुर गोदावरी क्षेत्रमा पाइन्छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १७:१६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology