काठमाडौं । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न जेठ ६ गते अनुमति दिएको हो।
यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्रा हकप्रद शेयर निष्काशन गर्नेछ।
यसैअनुसार, कम्पनीको कुल चुक्ता पुँजी हकप्रद शेयर निष्काशनपछि बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।