ललितपुर । उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरको आयोजनमा एक दिने उद्योग व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार उद्योग तथा वाणिज्य कार्यालय ललितपुरले सरोकारवालाहरुकाबीच एक अन्तरकृया कार्यक्रम गरेको थियो । कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रका उद्योगी, व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाले अन्तरकृया कार्यक्रममा विभागिय मन्त्री, सचिवको उपस्थितिमा हुनु पर्ने बताए । चाडो–चाडो कर्मचारीको सरुवा हुँदा काम गर्न समस्या भएको उनले औल्याए । अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरु सम्बन्धित ठाउँमा पु¥याई दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका कार्यालय प्रमुख सन्तोष मोक्तानले व्यवसायीहरुले उठाएका विषय गम्भिर भएकाले शहर बजारमा उद्योग व्यवसाय संचालन गर्न कठिनाई भएको बताए । उनले भने, ‘आज हामी व्यवसायीको कुरा सुन्छौं । उहाँहरुको सुझाव, सल्लाह तथा समस्या नीति निर्माण तहमा पु¥याइदिन्छौं ।’ यो अवसरमा चालू आवमा करिब एक हजार जनाले विभिन्न सिप विकास तालिम लिएको बताए ।
स्वागत मन्तव्य राख्दै उद्योग अधिकृत संजय थापाले राष्ट्रय निर्माणमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । राज्य र व्यवसायी मिलेर आर्थिक विकास गर्न सकिने औल्याए ।