काठमाडैं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २१ दशमलव ७६ अंकले बढेर दुई हजार ८९२ दशमलव ७२ विन्दुमा बन्द भएको हो।
आज कारोबार रकम भने घटेको छ । आज १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५६ लाख कित्ता शेयर खरिद बिक्री भएको छ। आज १५३ कम्पनीको शेयरमूल्य बढेको छ भने ९६ कम्पनीको शेयरमूल्य घटेको छ ।
त्यसैगरी, थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र ७५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।