काठमाडौं । गायक तथा संगीतकर्मी सिताराम घिमिरेले आफ्नो नयाँ मौलिक गीत “टोपी ढाकाको” सार्वजनिक गरेका छन् । नेपालीको सांस्कृतिक पहिचान मानिने ढाका टोपी र ढाकाको चोलीलाई गीतको मुख्य विषयवस्तु बनाएर तयार पारिएको यस गीतमा नेपालीपनको स्पष्ट झल्को पाउन सकिन्छ ।
गीतमा गायक सिताराम घिमिरेसँगै गायिका संगीता गुरुङले स्वर दिएका छन् । शब्द र संगीत सुदीप परियारले भरेका हुन् भने कृष्ण केसीले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ–मास्टरिङ बिनोद परियारले ओजोन स्टुडियोमार्फत सम्पन्न गरेका हुन् ।
सार्वजनिक भिडियोमा कलाकार सिताराम घिमिरे र सम्झना तिमल्सिनाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन अनिल जिसी (बुलेट) ले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन दिप शेर्पालीले गरेका छन् । पोस्ट–प्रोडक्सन डीएस मिडिया हाउसले गरेको हो ।
गीतको निर्माण अनन्त कुमारी घिमिरेले गरेकी हुन् भने निर्देशन स्वयं गायक सिताराम घिमिरेले गरेका हुन् । मनोरञ्जन संगीत युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीत छोटो समयमा नै स्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।
समाचार सुन्नको लागि तलको लिंक क्लिक गर्नुहोस्