Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

दैनिकी न्यूज

१८, आश्विन २०८२
बडादशैँको टीका लगाउने क्रम आज पनि जारी
images

काठमाडौँ । आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। शनिबार २० घडी ११ पला अर्थात् दिउँसो २ बजेर ३ मिनेटसम्म द्वादशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

images
प्रकाशित मिति :आश्विन १८, २०८२ शनिवार - १३:४९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology