ललितपुर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदिप अधिकारीमाथि दुर्व्यवहार भएको छ । आज ललितपुरको सातदोवाटो स्थित एन्फा कप्लेस नजिक अधिकारीमाथि दुर्व्यवहार भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । घटना साँझ साढे ६ बजेतिर भएको हो।
सातदोबाटोमा आएका एक समूहले अधिकारीमाथि दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहार गर्ने समूह नभेटिएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार, अहिले नजिकै रहेको सीसीटीभी फुटेज हेरेर मान्छे पत्ता लगाउने काम भइरहेको छ । यसबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ ।
अधिकारी ललितपुर महानागरपालिका वडा नं. १५, खुमलटारमा बस्दै आएका छन् ।