Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

दैनिकी न्यूज

१८, माघ २०८२
पेट्रोलियम पदार्थको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले डिजेल÷मट्टितेलको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

भाउ समायोजनसँगै डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को भाउ भने घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ ।

 

images
प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - ०९:०३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology