Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुन–चाँदीको भाउ

घट्यो सुन–चाँदीको भाउ

दैनिकी न्यूज

९, बैशाख २०८३
घट्यो सुन–चाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला तीन लाख एक हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको भाउ पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

images
प्रकाशित मिति :बैशाख ९, २०८३ बुधवार - १२:०६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology