Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

दैनिकी न्यूज

९, बैशाख २०८३
आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ। दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो निक्षेप संकलन उपकरणको आउँदो असोज २१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख ९, २०८३ बुधवार - १२:१२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology