Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

दैनिकी न्यूज

२७, श्रावण २०८३
पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
images

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रानसहितको बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - ०८:२४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology