Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

दैनिकी न्यूज

२७, श्रावण २०८३
पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
images

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

भारी वर्षा हुनसक्ने क्षेत्रमा गेग्रानसहितको बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - ०८:२४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology