Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

२७, श्रावण २०८३
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार मूल्य घटेसँगै सुनको भाउ ३ लाख ६ हजार ७ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको भाउमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बुधबार ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ।

images
प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - ११:२६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology