Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा

नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा

दैनिकी न्यूज

२२, भाद्र २०८३
नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा
images

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ । 

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - ०७:४६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology