काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहे पनि पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
हाल लुम्बिनीसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
बागमतीका केही स्थान तथा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।