काठमाडौं । खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्षसहित दुई जना प क्रा उ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार एन्फा, सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत ललितपुर महानगरपालिका–३ पुल्चोकका ६० वर्षीय रविन्द्र जोशी र लेखा अधिकृत ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेलका ५५ वर्षीय सन्जीब पाण्डे प क्रा उ परेका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रधान कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा नेपाल सरकार वादी र रविन्द्र जोशीसमेत प्रतिवादी रहेको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगीसम्बन्धी कसुरको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जनालाई असोज ४ गते ललितपुर जिल्ला अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको छ।
अदालतबाट म्याद थप भएसँगै उनीहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।