Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

सवारी दुर्घटनामा चार जनाको मृ त्यु

सवारी दुर्घटनामा चार जनाको मृ त्यु

दैनिकी न्यूज

५, आश्विन २०८३
सवारी दुर्घटनामा चार जनाको मृ त्यु
images

काठमाडौं । धनुषा, नवलपरासी पूर्व, तनहुँ र पाल्पामा भएको सवारी दुर्घटनामा चार जनाको मृ त्यु भएको छ ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित सडकमा रेल्वे स्टेसनबाट कुर्था बजारतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुरतिया देवी अमातको सोमबार बिहान घटनास्थलमै मृ त्यु भएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका–८ फलफूल चोकस्थित सडकमा लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ कुडौली बस्ने अर्घाखाँची घर भएकी २५ वर्षीया पुष्पा चौहानकी छोरी १७ महिनाकी प्रविशा बिसिको मृ त्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल डण्डामा थप उपचारको क्रममा मृ त्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित सडकमा पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ३८८४ नम्बरको हायसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६७ वर्षीय इन्द्र बहादुर श्रेष्ठको सोमबार बिहान मृ त्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृ त्यु भएको हो । हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, तानसेन नगरपालिका–८ भालेबासस्थित सडकमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार पूर्वखोला गाउँपालिका-४ बस्ने ६३ वर्षीया अनसरा खाम्चाको मृ त्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृ त्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १४:३७:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology