Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

डाटा सेन्टरमा समस्या, आज शेयर बजारको कारोबार नहुने

डाटा सेन्टरमा समस्या, आज शेयर बजारको कारोबार नहुने

दैनिकी न्यूज

५, आश्विन २०८३
डाटा सेन्टरमा समस्या, आज शेयर बजारको कारोबार नहुने
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान हुन नसकेपछि आजको नियमित शेयर कारोबार स्थगित गरेको छ।

नेप्सेले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको सूचनामा आजको दिनलाई ‘आकस्मिक बजार बन्द’का रूपमा उल्लेख गरेको छ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको भए पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन।

डाटा सेन्टरको समस्या कायमै रहेको अवस्थामा शेयर कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत प्राविधिक क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको हो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डाटा सेन्टरको समस्या समाधान नभएसम्म कारोबार सञ्चालन नगर्न नेप्सेसमक्ष आग्रह गरेको थियो। प्राविधिक समस्या कायमै रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा थप क्षति हुन सक्ने भन्दै ब्रोकर एसोसिएसनले कारोबार स्थगित गर्न निवेदन दिएको थियो।

ब्रोकर एसोसिएसनको निवेदन तथा डाटा सेन्टरको विद्यमान प्राविधिक अवस्थालाई आधार बनाएर नेप्सेले आजको कारोबार स्थगित गरेको जनाएको छ।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम (१) बमोजिम कारोबार स्थगित गरिएको स्पष्ट पारेको छ।

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १४:४८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology