Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर तीन प्रणालीको प्रभाव

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर तीन प्रणालीको प्रभाव

दैनिकी न्यूज

११, आश्विन २०८३
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर तीन प्रणालीको प्रभाव
images

काठमाडौं । नेपालमा अहिले मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। कोशी र मधेसका थोरै स्थानमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बादल लाग्ने अनुमान छ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिमको तराईका धेरै स्थानमा तथा लुम्बिनीको तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। बागमती र गण्डकीका तराईका थोरै स्थान तथा कोशी र मधेसका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

आज सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल रहनेछ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यसैगरी सुदूरपश्चिमको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराईका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी र मधेसका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - ०७:३०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology