Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

पश्चिमी र मनसुनी वायुको प्रभाव, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

पश्चिमी र मनसुनी वायुको प्रभाव, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

दैनिकी न्यूज

१२, आश्विन २०८३
पश्चिमी र मनसुनी वायुको प्रभाव, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
images

काठमाडौँ । नेपालमा मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा वर्षा हुनसक्ने जनाइएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - ०७:४७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology