Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गणेशमानलाई कालोमोसो दल्ने कांग्रेसका उम्मेदवार

गणेशमानलाई कालोमोसो दल्ने कांग्रेसका उम्मेदवार

दैनिकी न्यूज

१२, मंसिर २०७४
गणेशमानलाई कालोमोसो दल्ने कांग्रेसका उम्मेदवार
images

ललितपुर, मंसिर १२ । गत साता सुरक्षा निकायलाई निर्देशन दिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको किचेन क्याविनेटको बैठक बस्यो । बैठकमा नेपाली सेनाका पूर्व जर्नेल डम्बरबहादुर मल्लले कुन निर्वाचन क्षेत्रमा कसको अवस्था के छ ? भन्ने विषयमा विवरण पढेर सुनाउँदै थिए देउवाबीचमै जुरुक्क उफ्रिए । पूर्वबाट सुनाउँदै सुनाउँदै जब ललितपुरको सकिएको थियो, देउवा उफ्री हाले । ललितपुरको प्रतिबेदनमा भनिएको थियो–‘क्षेत्र नं १ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतले पछाडि छन् तर दुई मा भने निकै पछाडि छन् ।’ यो सुनेपछि देउवाले आक्रोसित हुँदै क्षेत्र नं १ मा नवराज सिलवाल उठेको छ होइन ? भनेर प्रश्न गरे । उनले भने बरु कांग्रेसले सबै सिटमा चुनाव हारोस् पर्वाह छैन् तर ललितपुरमा उदयशमशेरले हार्ने र सिलवालले जित्ने कुरा हुनै सक्दैन, जे गर्नुपर्ने हो तपाईंहरु गर्नोस् ।’ बाँकी प्रतिवेदन सुन्ने धैर्यता नै नराखी देउवाले ललितपुरलाई केन्द्रित गर्नुका मुख्य कारण पूर्व डीआईजीपी सिलवाल नै थिए । पहिलो मर्यादा क्रममा रहेका डीआईजी सिलवाललाई वाइपास गरी देउवाले चौथो मर्यादा क्रममा जयवहादुर चन्दलाई आईजीपी बनाएका थिए । यसपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अलालतले चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय खारेज गरेको थियो । जसका कारण देउवाको सक्रियतामा प्रधान न्यायधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइएको थियो । यो काण्डले मुलुकको समग्र राजनीतिसँगै नेपाली कांग्रेसभित्र पनि ठूलै तरङ्ग उत्पन्न गराएको थियो ।

यसैबीच एमालेले सिलवाललाई भावी गृहमन्त्री बनाउने भन्दै ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार बनायो । बामगठवन्धनले बहुमत ल्याउने स्पष्ट अवस्था देखिइसकेको छ । अब एमालेले सिलवाललाई गृहमन्त्री बनायो भने आफू जिउँदै मरे बराबर हुने ठम्याइमा देउवा पुगेका छन् । यो ठम्याइपछि देउवाले भएभरको तागत सिलवाललाई हराउनका लागि प्रयोग गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । त्यति गर्दा पनि सिलवालले हार्ने अवस्था नरहेको र अरु हत्कण्डा प्रयोग गर्नुपर्ने कुरा उदय शमशेरबाट सुनेपछि देउवाले थप रणनीति बनाएका छन् । त्यो रणनीति हो– ‘ललितपुर २ र ३ को पार्टीका भएभरको सामथ्र्य १ मा प्रयोग गर्ने ।’ देउवा किचन क्याविनेटको यो नयाँ तयारीपछि कांग्रेस उम्मेदवार मदनबहादुर अमात्यको निदहराम भएको छ । यसबारे पुष्टि गर्न अमात्य स्वयं प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । समाचारस्रोतका अनुसार देउवाले भने– ‘मदनजी सिलवाललाई जसरी पनि चुनाव नहराइ नहुने भएकाले क्षेत्र नं १ र २ को संयन्त्र पनि १ मै प्रयोग गर्नुपर्ने भयो, तपाईंलाई राष्ट्रिय सभामा लैजाने चाँजोपाँजो मिलाउँला, नआत्तिनोस् ।’

पुरानैलाई मौका दिएकोमा आक्रोस

त्यसो त पटकपटक पुरानै अनुहारलाई मौका दिइएकोमा ललितपुरका पुराना नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् । पटकपटक मौका टिकट पाएका तीन जनामध्ये राणा पुख्र्यौली विरासत बोकेका युवा नेता हुन् । २०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषदलाई भरत शमशेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए । उदय शमशेर भरत शमशेरका भतिजा (उत्तराधिकारी) हुन् । उनलाई ललितपुर क्षेत्र नं १ मा मौका दिनुलाई अस्वाभाविक रुपमा लिइएको छैन । ज्यापु समुदायको ६० प्रतिशत बाहुल्यता रहेको बामपन्थी गढ भएका कारण स्थानीय नेता चन्द्र महर्जनलाई दुईमा पटकपटक मौका दिनुलाई पनि ललितपुरका कांग्रेसजनहरुले आपत्ति मानेका छैनन् । तर, हेटौँडाका मदन अमात्यलाई पटकपटक ललितपुरमा मौका दिइएकोमा चाहिं कोही पनि काँग्रेसजन खुशी छैनन् ।

ओमकारलाई बाइपास किन ? पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गर्ने क्रममा १६ वर्ष जेलजीवन विताएका ओमकारप्रसाद श्रेष्ठजस्ता मुर्धन्य नेतालाई बाइपास गरी हेटौंडाका मदन अमात्यलाई स्थापित गर्ने काम विघटित राजदवारका मुख्य सचिव पशुपतिभक्त महर्जनले गरेका हुन् । यसका लागि महर्जनले कृष्णप्रसाद भट्टराईको निवासमा अमिता कपाली फिट गरेका थिए । अमिता कपालीमार्फत् मदन अमात्यलाई भट्टराई कहाँ पु¥याइएको हो । नियमित रुपमा दुध, फलफुल, सागसव्जी ओसारेकै भरमा अमात्य स्थापित भएका हुन् । उनी नेवि संघको स्थापनाका बेला सक्रिय भए पनि पन्चायत प्रवेश गरेपछि अमात्य खुङ्खार मण्डले बनेका थिए । पन्चायतकालमा हेटौंडा क्षेत्रमा उनी कमल थापा भन्दा पनि चर्का मण्डले थिए । २०३६ सालको जनमत संग्रहका बेला बहुदलको प्रचार गर्न गणेशमान सिंह हेटौंडा पुग्दा कालोमोसो दल्ने मण्डलेको झुण्डमा अमात्य पनि सामेल थिए । अमात्यलाई दरवारले कृष्णप्रसाद भट्टराई कहाँ घुसपैठ गराएपछि काँग्रेसले नराम्रो क्षति बेहोर्नुपरेको ललितपुरका एक पुराना नेताले बताए । उनले भने– ‘किशुनजी जस्तो स्वच्छ छविको लोकतन्त्रबादी नेता जीवनको अन्तिम घडीमा गणतन्त्रविरुद्ध उत्रनुमा अमात्यकै हात छ । जुनबेला किशुनजीले होस् गुमाइसक्नु भएको थियो, त्यतिबेला अमात्यले गणतन्त्रको विरुद्ध बक्तव्य तयार गरी किशुनजीलाई हस्ताक्षर गर्न लगाए, जसका कारण किशुनजी जस्तो नेता कलंकित भएर मर्नु प¥यो । अमात्यको विगतको पृष्ठभूमिमात्र होइन उनले सांसद् बनेर पार्टी र जिल्लाको छविलाई उचो बनाउने कुनै काम नगरेकोमा पनि निकै आक्रोसित छन् । सांसद् हुँदा जिल्लाको बारेमा कुनै कुरा नउठाएको मात्र होइन विकास केही नगरेकोमा पनि कांग्रेसी मतदाताहरु निकै असन्तुस्ट छन् । पैसाको बलमा नै कांग्रेसका निस्ठावान नेताहरुलाई पछाडि धकेलेर मदन अमात्यले बारम्बार टिकट लिनु र पैसाकै बलमा निर्वाचन जित्ने अपेक्षा गरेकोमा सभापति देउवाको रणनीति र उनको विगत र वर्तमानका कारण स्वाभिमानी, निस्ठावान कांग्रेसका कारण अत्तालिएका छन् ।

समानुपातिकका कारण विवाद चर्कियो

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीमा समानुपातिकतर्फ पार्टी सभापति देउवा र संसदीय वोर्डका सदस्यहरूले आ–आफ्ना श्रीमती र प्रेमिका तथा धुपौरे महिलाको नाम समावेश गरेको भन्दै द्वन्द्व चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गर्लफ्रेण्ड भनेर कांग्रेसमा चर्चा गरिने तेह्रथुमकी सीता गुरूङ र मकवानपुरकी महालक्ष्मी उपाध्याय डिनालाई देउवाको ठाडो आदेशमा पार्टी केन्द्रीय कार्यसमितिको निर्णय उल्टाउँदै पुन समानुपातिकमा नाम राखिएको छ । यी दुवै महिला यस्ता भाग्यमानी हुन् जो २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा दुई पटक देउवाबाट समानुपातिक सांसदको बक्सिस पाए । उपाध्याय पार्टीको महाधिवेसनमा केन्द्रीय सदस्यमा पराजित भए पनि मनोनित हुन पाउने भाग्यमानी हुन् । उपाध्याय श्रीमानबाट अलग भएकी महिला हुन् भने सीताले दुई वर्षअघि मात्र पोखराका एक युवकसँग विवाह गरेकी छिन् । सीता समानुपातिक सांसद भए पनि हाल भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री बन्न पाउने भाग्यमानी हुन् । बारा स्थायी घर भएकी मधु शाही ठकुरी यसअघि समानुपातिक सांसद थिइन् । उनलाई संसदीय वोर्डका सदस्य फरमुल्लाह मन्सुरको प्रेमिका भएको आरोप लाग्ने गरेको छ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालकी श्रीमती पुष्पा भुषाल संसदीय वोर्डका सदस्य खुमबहादुर खड्कासँग अन्तरंग सम्बन्ध भएकी कानून व्यवसायी हुन् । समानुपातिकमा २०७० मै सांसद भएकी शीला खड्का पुनः समानुपातिकमा सिफारिस भएकी छन् । उनी कांग्रेस नेता खुमबहादुर खड्काकी पत्नी हुन् । संसदीय वोर्डका अर्का सदस्य बालकृष्ण खाँडले श्रीमती मञ्जु खाँडको नाम समानुपातिकमा राखेका छन् । कान्तिपुरलाई देउवा गुटको पक्षमा प्रयोग गराइदिने शर्तमा उद्योगपति विनोद चौधरी समानुपातिक उमेदवार बनेका हुन् । मधेसीको सूचिमा चौधरीको नाम पहिलो नम्बरमा छ । समयबद्धबाट यो पनि पढ्नु होला..

यसकारण मदन अमात्यले ललितपुर क्षेत्र नं. ३ गुमाउदैछन्

ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको पल्ला भारी, कारण यस्तो छ

हार्ने निश्चित भएपछि पैसा बाँडदै अमात्य

images
प्रकाशित मिति :मंसिर १२, २०७४ मंगलवार - १५:०७:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology