Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दक्षिणकाली गणले तिरेन रेडियो नेपाललाई ४० करोड !

दक्षिणकाली गणले तिरेन रेडियो नेपाललाई ४० करोड !

दैनिकी न्यूज

४, माघ २०७४
दक्षिणकाली गणले तिरेन रेडियो नेपाललाई ४० करोड !
images

ललितपुर, माघ ४ । ललितपुरको सातदोबाटोमा रहेको रेडियो नेपालको जग्गा भाडामा लिएको दक्षिणकाली गणले रेडियो नेपालाई अझै भाडा नतिरेको खुलासा भएको छ ।

दैनिकीन्युजलाई प्राप्त सूचना अनुसार गणले २०६९ साल जेठ १७ गतेदेखि नै भाडा तिरेको छैन । रेडियो नेपालको खुमलटार स्थित ट्रान्समिटिङ्ग स्टेशनको मूल बाटो उत्तर तर्फ ४२ रोपनी र दक्षिण तर्फ ११८ रोपनी समेत गरी १६० रोपनी जग्गा रहेको छ ।

दक्षिण तर्फको रेडियो नेपालको ११८ रोपनी जग्गा मध्ये दक्षिणकाली गणले २५ रोपनी जग्गा मासिक २३ हजार ७५० तिर्ने गरी २०६७ जेठ १७ गतेदेखि भाडामा लिएको थियो । गणले २५ रोपनी जग्गा लिने सम्झौता भएपनि गणले करिब ३१ रोपनी जग्गा ओगटेको रेडियो नेपालका निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिए ।

जग्गा भाडामा लिए वापट गणले रेडियो नेपाललाई करिब ४० करोड ३ लाख ७५ हजार रकम तिर्न बाँकी रहेको छ तर एक रुपैयाँ नतिरेको खुलासा भएको हो । केसीले दिएको जानकारी अनुसार गणले भाडा बापतको कुनै रकम तिरेको कुनै पनि श्रेस्ताबाट देखिएको छैन ।

गणस्तान्तरण गर्न भनी शशस्त्र प्रहरी बल हलचोकले २०६९ मा रेडियो नेपालबाट भाडामा लिएको हो । तर गण स्थापना भएको ५ वर्ष ८ महिना वितिसक्दा पनि रेडियो नेपालले कुनै पनि भाडा बापतको रकम प्राप्त नगरेको रेडियो नेपालका निर्देशक केसीले दैनिकीन्युजलाई बताए । उनले भने— कर्मचारीको पेन्सन कोष निर्माण गर्नको लागि जग्गा भडामा दिएको हो तर, भाडाको रकम प्राप्त नहुँदा समस्या परेको छ’ रेडियो नेपालले पटक पटक सो रकम उठाउनको लागि भन्दै पत्र पठाए पनि गणले त्यसलाई वेवास्ता गरेको पाइएको छ । स्रोतका अनुसार शशस्त्र प्रहरी बलले भाडा नतिर्ने चेतावनी दिएको छ । ‘एउटा सरकारी निकायले किन अर्को सरकारी निकायलाई भाडा तिर्ने ?’ भनेर प्रहरी प्रशासनले प्रतिप्रश्न गरेको रेडियो नेपाल निकट स्रोतले दैनिकी न्यूजसँग भन्यो ।

सो जग्गा भाडामा दिनको लागि तत्कालिन संचार मन्त्रालयका सचिव अवनिन्द्र कुमार श्रेष्ठको अध्यक्षता २०६८ फागुन २ गते बैठक बसेको थियो । बैठकले अर्थ मन्त्रालयका तत्कालिन सहसचिव तथा हालका मुख्य सचिव संचालक समिति सदस्य लोकदर्शन रेग्मीको उपस्थितिमा बैठक नं. ५०५ बाट निर्णय गरी उक्त गणलाई रेडियो नेपालको सातदोबाटोमा रहेको जग्गा भाडामा दिने निर्णय गरेको थियो । तर, गणले अहिलेसम्म एक रुपैयाँ भाडा नतिर्दा रेडियो नेपाल आर्थिक समस्यामा परेको छ ।

images
प्रकाशित मिति :माघ ४, २०७४ बिहिवार - १५:३२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology