ललितपुर, फागुन १३ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित तीन सदस्यीय टोली सहित एक साता जापान भ्रमणमा शनिवार गएका छन् । उनको यो जापान तेस्रो भ्रमण हो । उनको साथमा वडा नं. ६ का वडाअध्यक्ष हिटलर शाक्य र कार्यापालिका सदस्य सुप्रभाह शाक्य गएका छन् । उनी यस अघि वर्मा, श्रीलंका, कोरिया, थाइल्याण गएका थिए । मेयर महर्जन जापानको वातावरण मन्त्रालयको निमन्त्रणामा गएको महानगरका प्रवक्ता राजु महर्जनले दैनिकीन्युजलाई बताए ।
स्थानीय तहको निर्वाचन भएको १ वर्ष वित्न लागेको अवस्थामा जनताले प्रत्यक्ष अनुभुति हुने काम नगरेको महानगरबासीको गुनासोलाई वेवास्ता गर्दै महर्जन सातौं पटक वैदेशिक भ्रमणमा निष्किएका हुन् । महानगरपालिकाले अगाडि सारेका धेरै योजनाहरु अलपत्र अवस्था छन् । कर वर्ष घोषणा गरेको महानगरले अहिलेसम्म सोचेको जस्तो कर उठाउन सकेको छैन । यस्तो अवस्थामा वैदेशिक भ्रमणमा गएको भन्दै महानगरवासीले असन्तुटि जनाएका छन् । उनी त्यहाँ इन्सुलेटर प्लाट (फोहोर संकलन गर्दा काम नलाग्ने सामान जलाउने मेशिन) अवलोकन तथा खरिद गर्न गएका बताएको छ ।