ललितपुर, वैशाख ४ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन आठौं विदेश भ्रमणमा जाँदै छन् । महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएपछि सबैभन्दा बढी बैदेशिक भ्रमण गरेका चिरिबाबु यो पटक भने चीन जान लागेका हुन् । उनी ५ सदस्यीय टोली लिएर बुधबार चीनका लागि उड्न लागेको महानगरपालिका स्रोतले जनाएको छ । महर्जनसँगै ललितपुर महानगरपालिकाको वडा नं. १९ का वडाअध्यक्ष विनोद ताम्राकार, वडा नं. ७ का वडा अध्यक्ष कुल बहादुर महर्जन, स्वकीय सचिव राजु महर्जन र मेयर महर्जनका श्रीमती पनि भ्रमण टोलीमा सहभागी हुँदैछन् । उनी यस अघि वर्मा, श्रीलंका, कोरिया, थाइल्याण, जापान भ्रमणमा गएका थिए । चीन सरकारको निमन्त्रणमा चीनसँग सिमाना जोडिएका देशका महानगरपालिकाका मेयरहरुको भेटघाटमा महर्जन जान लागेको ललितपुर महानगरपालिकाका एक बोर्ड सदस्यले बताए । स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष वित्न लागेको अवस्थामा जनताले प्रत्यक्ष अनुभुति हुने काम नगरेको महानगरबासीको गुनासोलाई वेवास्ता गर्दै महर्जन आठौं पटक वैदेशिक भ्रमणमा निष्किन लागेका हुन् । मेयर महर्जनका यस अघिका भ्रमणहरु 