Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रेडियो नेपालको जग्गा फिर्ता गराउन सांसदको जोड

रेडियो नेपालको जग्गा फिर्ता गराउन सांसदको जोड

दैनिकी न्यूज

५, भाद्र २०७५
रेडियो नेपालको जग्गा फिर्ता गराउन सांसदको जोड
images

काठमाडौँ, भदौ ५ । राष्ट्रिय सभाको मंगलबार बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको नाममा रहेको सो जग्गालाई एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गरउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अनिता देवकोटाले दाङ जिल्लामा सञ्चालित सिमेन्ट उद्योग मापदण्ड विपरीत उत्पादन गर्दै आएको बताए । उनले वर्षाका कारण दाङलगायत विभिन्न स्थानमा रहेका पुल जीर्ण हुँदै गएकाले तत्काल निर्माण गर्न पनि आग्रह गरे ।

सांसद कबिता बोगटीले मुस्लिम धर्मावलम्बीको चाड बकर ईदको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरे । सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले यातायात व्यवसायीको एकाधिकार तोडेर काम राम्रो गरे पनि जनताले त्यस्को प्रत्याभूति गर्न नसकेको भन्दै त्यस सम्बन्धी भइरहेका कारवाहीबारे जानकारी गरउन माग गरे । रासस

images
प्रकाशित मिति :भाद्र ५, २०७५ मंगलवार - १२:४६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology