ललितपुर, कात्तिक १२ । मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचननका लागि ललितपुर जिल्लाको प्रतिनिधीसभा तर्फको उम्मेदवारको लोकतान्त्रिक र बाम गठबन्धनको उम्मेदवार लगभग टुंगो लगाएका छन ।
कांग्रेसको संसदीय समितिको बैठकले प्रतिनिधी सभामा ३ क्षेत्र रहेको ललितपुरमा उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले ललितपुर १ मा अर्थराज्यमन्त्री उदयसम्शेर राणलाई उठाएको छ । यस्तै २ बाट निवर्तमान सांसाद चन्द्र महर्जन र ३ बाट जिल्ला सभापति तथा निवर्तमान सांसद मदन बहादुर अमात्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यता नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मेलित बाम गठबन्धनले ललितपुर १ र २ एमाले र ३ माओवादीले पाउने गरी सहमति जुटाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ललितपुर १ मा निर्वतमान डिआइजी नवराज सिलवालको चर्चा छ । यद्यपीले एमालेले पाएको क्षेत्रमा उम्मेदवारको टुंगो भने लाग्न सकेको छैन । क्षेत्र नं. २ बाट एमाले कै कृष्णलाल महर्जन उठ्ने लगभग पक्का रहेको छ भने माओवादीले पाएको क्षेत्र नम्बर ३ मा भने प्रवक्ता पम्फा भुसाललाई अघि सार्ने भएको छ । भुसाले संविधान सभा २०६४ सालको निर्वाचनमा पनि ललितपुर ३ बाट बिजय प्राप्त गरेकी थिइन ।
यो पनि हेर्नुहोस: