काठमाडौँ, जेठ १३ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीका २, जुम्ला स्थायी ठेगाना भएका हाल बारा बस्ने २ दुईजना पुरुष, अर्का बाराका ३ जना, रौतहटका २२ जना एक महिला गरी, सिरहाका ५, धनुषाका १ जना गरी कुल ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगंजका १ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। रुपन्देहीको प्रयोगशालमा परीक्षण गराएका ७ जनाको परीक्षण पोजिटिभ आएको छ।उनीहरु कपिवस्तु मायादेवीका २ र अर्घाखाँचीका २, गुल्मीका २ र रुपन्देही लुम्बिनी अस्पतालका १ जना गरी जम्मा ७ जनामा पोजिटिभ आएको हो।
यसैगरी सेती प्रादेशिक अस्पतालमा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु कैलालीका १ र अछामका १ जना रहेका छन्।
पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजिटिभ आएको छ। यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ आएको छ।उनीहरु सुर्खेत विरेन्द्रनगरका ८ जना, भेरीगंगाका २ जना र सिम्ताका २ जना गरी १२ जनामा कोरोना पोजिटिभ देखिएको हो।
नेपालगन्जमै ७ जनामा कोरोना पोजिटिभ देखिएको छ।उनीहरु सबै बाँके डुडुवाका ४ जना, राप्ती सोनारीका २ र बैजनाथका १ जना गरी ७ जना संक्रमित पहिचान भएको छ। यसैगरी दाङमा पनि नयाँ संक्रमित थपिएका छन्।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा थप पोजिटिभ पहिचान भएको हो।
यस्तै हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन्।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। नेपालका ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् । बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।