काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले असोज ७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय वासिन्दालाई साधारण सेयर विक्री गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि ग्लोवल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि चैत्र १० देखि स्थानीयलाई आईपिओ निष्काशन गर्ने तयारी गरेकोमा लकडाउनको कारण रोकिएको थियो । सोहि आईपिओ फेरी निष्काशन हुन लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी १० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित्ता आइपिओ वितरण गरेपछि सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ ।
कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।