Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति आवेदन पर्यो जनरल इन्स्योरेन्सको आईपीओमा ?

कति आवेदन पर्यो जनरल इन्स्योरेन्सको आईपीओमा ?

दैनिकी न्यूज

१३, आश्विन २०७७
कति आवेदन पर्यो जनरल इन्स्योरेन्सको आईपीओमा ?
images

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) मा तेस्रो दिन (मंगलबारसम्म) करिब ७ गुणा बढी आबेदन परेको छ । कम्पनीको आईपीओमा मंगलबार साझसम्म करिब ७ लाख लाख जनाबाट उक्त आवेदन परेको हो ।

शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार साँझसम्ममा कम्पनीको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता भन्दा ७.०३ गुणा बढी हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले भोलि असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - २०:३१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology