Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति आवेदन पर्यो ?

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति आवेदन पर्यो ?

दैनिकी न्यूज

१४, आश्विन २०७७
जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति आवेदन पर्यो ?
images

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि आइतबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।

आईपीओमा तेस्रो दिन (मंगलबारसम्म) करिब ७ गुणा बढी आबेदन परेको छ । कम्पनीको आईपीओमा मंगलबार साझसम्म करिब ७ लाख लाख जनाबाट उक्त आवेदन परेको हो ।

शेयर निष्काशक तथा बिक्री प्रबन्धकका अनुसार साँझसम्ममा कम्पनीको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता भन्दा ७.०३ गुणा बढी हो ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - ०७:०७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology