Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च आवेदन

जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च आवेदन

दैनिकी न्यूज

१५, आश्विन २०७७
जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च आवेदन
images

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा रेकर्ड ब्रेक भएको छ । उक्त कम्पनीको आईपीओमा ८ लाखभन्दा बढीले आवेदन दिएसँगै रेकर्ड ब्रेक भएको हो । हालसम्म यतिसंख्यामा आईपीओको लागि आवेदन परेको थिएन ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधवार साँझ ५ बजेसम्म ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ८ दशमलव २८ गुणा बढी हुन आउँछ । बुधवार राती १२ बजेसम्म आवेदन दिन सकिने हुदाँ यो संख्या अझ बढ्ने विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

उक्त कम्पनीले कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि असोज १४ भित्रै कम्पनीको आईपीओ विक्री बन्द भएको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

उक्त कम्पनीले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ । आर्थिक अभियानबाट

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०७:०४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology