Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

दैनिकी न्यूज

२३, पौष २०७७
सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको छ।

बोर्ड पुस २१ सिंगटी हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ०७:५६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology