Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै

दैनिकी न्यूज

२२, माघ २०७७
ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै
images

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले भोलि (माघ २३ गते) बाट झन्डै ३५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ। पछिल्लो समय प्राथमिक बजारमा आईपीओ भर्नेको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा निष्कासन हुन लागेको यो आईपीओमा पनि लगानीकर्ताको ओइरो लाग्ने नै देखिन्छ। केही समययता दोस्रो बजारमा जलविद्युत् कम्पनीहरुको सेयरमा उछाल आउन थालेका छन्। कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ। कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ५९८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका ताकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन बन्द छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ। कयर रेटिङ नेपाल लिमिटेडले यो आईपीओलाई ‘केयर–एनपी बी प्लस ९आईएस०’ प्रदान गरेको छ। यस क्रडिट रेटिङले निष्कासनकर्ता वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ। यो रेटिङको वहाल अवधि सन् २०२१ नोभेम्बर २५ सम्म रहेको छ। यो कम्पनीले दोलखाको खानीखोलामा ‘खानीखोला–१ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ। जसको प्रतिमेगावाट लागत १९ करोड १३ लाख ४७ हजार २७० रुपैयाँ रहेको छ। यो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ। कम्पनीले यो आयोजनाबाट उत्पादित विद्युत् व्यापारिक उत्पादन प्रारम्भ आगामी वैशाखबाट गर्नेछ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २१:३५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology