Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कस्तो हुनेछ आजको मौसम ? यस्तो छ प्रदेशगत विवरण

कस्तो हुनेछ आजको मौसम ? यस्तो छ प्रदेशगत विवरण

दैनिकी न्यूज

२४, माघ २०७७
कस्तो हुनेछ आजको मौसम ? यस्तो छ प्रदेशगत विवरण
images

काठमाडौं । आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाको अनुमान छ । राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १२:३३:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology