काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।
सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धिरजप्रताप सिंहलाई ल्याइएको छ। उनलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट सीआईबीमा सरुवा गरिएको हो।
यस्तै प्रहरी प्रधान कार्यालयअन्तर्गतको विशेष ब्यूरोमा घनश्याम अर्याललाई सरुवा गरिएको छ। उनी गण्डकी प्रदेश कार्यालय पोखरामा थिए।
हेनुहोस् सूचि


