Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अदालत परिसरभित्रै कर्मचारी मृत फेला

अदालत परिसरभित्रै कर्मचारी मृत फेला

दैनिकी न्यूज

२८, आषाढ २०७८
अदालत परिसरभित्रै कर्मचारी मृत फेला
images

इलाम । इलाममा एक महिला मृत अवस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।

पराजुली आज बिहान अदालत परिसरभित्र मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको छ । रासस

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - १२:५३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology