Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रहरीमाथी युवाको आक्रमण, सहायक निरीक्षक बोहरासहित ७ गम्भीर घाइते

प्रहरीमाथी युवाको आक्रमण, सहायक निरीक्षक बोहरासहित ७ गम्भीर घाइते

दैनिकी न्यूज

३०, आश्विन २०७८
प्रहरीमाथी युवाको आक्रमण, सहायक निरीक्षक बोहरासहित ७ गम्भीर घाइते
images

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको बागबजारमा स्थानीय युवाले प्रहरीमाथी अन्धाधुन्ध आक्रमण गरेका छन् । मुसिकोट नगरपालिका १ मा पार्किङ गरिएको रा १ ख २३९२ नम्बरको ट्रकमा तोडफोड गरिरहेका युवाहरूलाई रोक्न गएको प्रहरी टोलीमाथी गएराती आक्रमण भएको हो । युवाहरूको आक्रमणमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना घाइते छन् । घाइते सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - १२:४४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology