Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबारदेखि मौसम बदली हुने, हिमाली क्षेत्रमा हिमपातको संभावना

आइतबारदेखि मौसम बदली हुने, हिमाली क्षेत्रमा हिमपातको संभावना

दैनिकी न्यूज

३०, आश्विन २०७८
आइतबारदेखि मौसम बदली हुने, हिमाली क्षेत्रमा हिमपातको संभावना
images

काठमाडौं । केही दिनदेखि मुलुकका सबै ठाउँमा व्यापक गर्मी बढेको छ । मौसममा आएको परिवर्तनले कात्तिक महिना लाग्न लाग्दा समेत गर्मी बढेको हो । तर अब भोलि आइतबार देखि भने देशका धेरै ठाउँमा पानी पर्ने र सोमबारदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने मौसमविद्ले बताएका छन् । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताइन । देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने भएकाले हुस्सु लाग्ने, पानी पर्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने जस्ता गतिविधि हुने उनले बताइन । मौसम बद्ली भएसँगै गर्मी कम हुँदै जानेछ । आज काठमाण्डाैको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । सबै भन्दा धेरै तापक्रम विराटनगरमा रहेको छ । विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - १९:२३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology