Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

दैनिकी न्यूज

१६, पौष २०७८
कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
images

मोरङ । रतुवामाई नगरपालिका वडा नं. ९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार कुटपिट गर्दा दिपनारायण गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले अर्जुनलाई पक्राउ गरेको हो ।

घाइतेको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १३:४६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology