Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंको बौद्धमा मृत भेटिए युवा–युवती

काठमाडौंको बौद्धमा मृत भेटिए युवा–युवती

दैनिकी न्यूज

२३, पौष २०७८
काठमाडौंको बौद्धमा मृत भेटिए युवा–युवती
images

काठमाडौं । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा–युवती मृत फेला परेका छन्।

गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थिए।

मृतक दुबैको शरीरमा चोट देखिएको छ। त्यस्तै प्रहरीले उनीहरुको छेउमा धारिलो हतियार फेला परेको छ ।घटनाबारे थप अनुसन्धान हुँदैछ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - १२:०९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology