काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ६.५० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले वितरण योग्य मुनाफा एक अर्व तीन करोड उनन्तीस लाख त्रिहत्तर हजार नौ सय बयान्नब्बे पैसा पचहत्तर रुपैयाँबाट बैंकको आ.व. २०७८–०७९ मा कायम चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाखको ६। ५० प्रतिशतले हुने रकम बयासी करोड साठी लाख पैंसट्ठी हजार सात सय एकहत्तर रुपैयाँ बराबरको बोनस शेयर र १.५० प्रतिशतले हुने रकम उन्नाईस करोड छ लाख तीस हजार पाँच सय रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी एक्काईसौं वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ।